धरान /  स्थानीय सरकारले आधारभुत तहको पाठ्यक्रम लागू गर्न पाउने नितिगत ब्यवस्था अनुसार धरान उपमहानगरपालिकाले कक्षा १ को लागि पाठ्यक्रम लागू गर्ने निर्णय गरेको छ । 

गत आइतबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । आधारभुत तहको स्थानीय पाठ्यक्रम २०७९ अनुसार तयार पारिएको हाम्रो धरान पाठ्यपुस्तकझ कक्षा(१ स्वीकृत गरी शैक्षिक सत्र २०८० देखि यस धरान उपमहानगरपालिकाका सम्पूर्ण विद्यालयहरुको आधारभुत तह कक्षा १ मा लागु गर्ने निर्णय गरेको हो ।

अहिले कक्षा १ का विद्यार्थीहरुले अध्ययन गर्ने सक्ने मापदन्ड अनुसारको पाठ्यक्रम तयार गरि लागू गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताए । उनका अनुसार अहिले कक्षा १ को लागि मापदण्ड अनुसार पाठ्यक्रम तयार गरिएको छ, कक्षा ६ को लागि पनि तयारी हुदैछ ।

पाठ्यपुस्तकमा धरानको बारेमा सामग्रीहरु समाबेश गरिएको उनले बताए । कक्षा १ देखि ८ सम्मकै पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार गरि लागू गरिने उनको भनाइ छ । उनले भने  अहिले सामुदायिक बिद्यालयमा निशुल्क बितरण गरेर लागू गर्छौ, निजि बिद्यालयको लागि भने नमुनाको रुपमा दिन्छौ, उहाहरुले आफै प्रकाशन गरेर लागू गर्नुहुनेछ ।झ