धरान । धरानमा जारी १५औं टियु बिबिए नकआउट फुटबल प्रतियोगिताको आजको दोस्रो क्वाटरफाइनल मा आयोजक महेन्द्र बहुमुखी क्याम्पस धरानले पेनाल्टीमा हारे पछि पृथ्वी नारायण क्याम्पस पोखराका खेलाडी माथि हातपात गरेका छन् ।

सोमबार भएको क्वाटरफाइनल खेलमा धरानका कोचलाइ पोखराको खेलाडीले गाली गरेको भन्दै खेल सकिए पछि कुटपिट भएको हो । महेन्द्र क्याम्पस धरान र स्वतन्त्र बिद्यार्थि युनियनको आयोजनामा भएको खेलमा कुटपिटमा पोखराका दुई जना खेलाडी घाइते भएका थिए । उनिहरुको बिजयपुर अस्पताल र बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । दुबै जनाको उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । 

घटना प्रती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले दोषिलाइ कार्वाहीको माग गर्दै प्रेस बिज्ञापति जारी गरेको छ । खेलको क्रममा भएको घटनाको कारणले यस क्याम्पस स्ववियु र सिङ्गो धरानकै गरिमा माथि आच पुगेको जनाउदै घटनामा स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखि क्याम्पस धरानका जिम्मेवार व्यक्तिहरुले समेत पृथ्वी नारायण क्याम्पस, पोखराका खेलाडीहरुलाई कुटपिट तथा दुव्यावहार गरी गम्भीर घाइते बनाइएको हुदा हाम्रो संगठन उक्त घटनाको घोर निन्दा र भत्सर्ना गर्दै कारवाहीको माग गरेको छ । अखिलका महेन्द्र क्याम्पस अध्यक्ष शेखर रेग्मीको हस्ताक्षरमा जारी बिज्ञाप्तिमा अखिलले घटनामा संलग्न स्ववियुका जिम्मेवार व्यक्तिहरुलाई छानविन गरी कानुन अनुसार हदैसम्मको कारवाही गर्न माग गरेको छ । त्यसै गरि घटनाको छानविन गरी कारवाही नगरेसम्म बाकी खेलहरु सञ्चालन नगरियोस्,  बाकी खेलहरुमा स्ववियुलाई संलग्न नगरियोस् माग गरेको छ । 

मागहरु ४८ घण्टा भित्र सम्बोधन नगरिएमा अखिल थप आन्दोलनको कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।