झापा /  झापा मेचीनगर पालिकाका जेष्ठ नागरिहरुले सामाजिक सुरक्षा भत्ता नपाएका भन्दै नगरपालिकामा निवदेन दिएपछि झापाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद विश्वप्रकाश शर्माले यसमा चासो देखाएका छन् ।

उनले ज्येष्ठ नागरिहरुले भत्ता नपाउनुको मुख्य कारण बुझ्ने काम गर्दै चाडो भत्ता उपलब्ध गराउन नगरप्रमुखसँग अनुरोध समेत गरेका छन् 

सो अवसरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले केही व्यवस्थापकीय समस्याका कारण भत्ता वितरण गर्न नसकिएको बताएका थिए । उनले भने–‘व्यवस्थापकीय समस्या भएकोले हामीले समयमै भत्ता वितरण गर्न सकेका छैनौं,

अब केही दिनमा नै भत्ता वितरण गर्ने तयारी छौै ।’ नगरप्रमुख बुढाथोकीलाई उदृत गर्दै सांसद शर्माले बताए ।  शर्भाले भने आफूले टेलिफोनमार्फत ‘नगरप्रमुखसंग फोन गरेर चासो राखेको बताए । उनले भने–‘फोन सम्पर्कमा नगरप्रमुखले केही व्यवस्थापकीय समस्या भएको र चाँडै वितरण गर्ने तयारीमा रहेको बताएका छन्, केही दिन भित्रै समस्या समाधान हुन्छ भन्ने हामीलाई लागेको छ ।’

नेपाली काँग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले यस्ता कुरामा ढिलासुस्त नगर्न सुझाव समेत दिएको बताए 

भत्ता वितरणमा भएको ढिलाईको कारण मेचीनगर २ का जेष्ठ नागरिकहरुको एउटा समुहलाई वडा अध्यक्ष दिपक बरालले नगरपालिकाको कार्यालयमा नै लिएर आएका   थिए । मेचीनगरले २०७९ माघ, फागुन र चैतको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन ।