धरान /  स्थानीय सरकारले फोहोर नउठाए पछि बन समिती आफैले फोहोर संकलन गर्न थालेको छ ।  

धरान ६ स्थित पानबारी सामुदायिक वन उपभोक्ता समितीले पानबारी वडावासीको घर र टोलमा गएर फोहोर संकलन गर्ने अभियान शुरु गरेको हो ।

समितीले हरेक महिनाको ५ र २० गते वडावासीले थुपारेर राखेको फोहोरलाई संकलन गर्ने अभियान शुरु गरेको वन समितीका अध्यक्ष भुपाल राईले बताए । समितीले ट्रयाक्टर सहित फोहोर संकलन गरेर फोहोरलाई निश्चित स्थानमा व्यवस्थापन गर्ने गरेको छ ।

धरान ६ वडावासीले फोहोरलाई जथाभावी रुपमा खोला र जंगलमा लगेर फाल्ने गरेका छन् ।

आफ्नो वडाको समस्याको बारेमा धरान उपमहानगरपालिकालाई वडा समिती लगायत वडावासीले नै फाहोर व्यवस्थापनको लागि माग गर्दै आए पनि  अहिले सम्म सुनुवाई भएको छैन ।