धरान  /  धरान बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुष तर्फ बिबोइज र महिला तर्फ वरियर टिमले जितेको छ ।

धरान रंगशाला स्थिती इन्डोर बास्केटबल कोर्टमा शुक्रवार सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ टिमलाइ १३–७ र वरियरले ग्लाडियटर टिमलाइ ६–२ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन् । 

बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । 

उनीहरुलाइ सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रदेशसभा सदस्य बिजयकुमार राई, ८ न. वडाध्यक्ष धनबहादुर राई, १० न. वडाध्यक्ष बिबेक राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल, धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैगरि प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी पुरुष तर्फ बिबोइजका शिवम सरराफ र महिला तर्फ वरियरका दिया कोयि राई घोषित भए । उनिहरुले प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे । 

 धरान मेघा कलेजको मुख्य प्रायोजन तथा मन्टेसरी किन्डरगार्टेनको सहप्रायोजनमा आयोजित  प्रतियोगितामा पुरुष तर्फ ६ टिम र महिला तर्फ २ टिम रहेको थियो ।

प्रतियोगितामा धरान बास्केटबल संघले बैशाख ९ गते देखि ३० गते सम्म सन्चालित ट्यालेन्ट हन्टमा सहभागी बिद्यार्थीहरुले सहभागिता जनाएको थियो । 

उनीहरुको क्षमता अभिबृद्धि तथा अनुभवका लागि प्रतियोगिताको आयोजना गरिएको बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले बताए । 

ट्यालेन्ट हन्टका उत्कृष्ट महिला पुरुष बास्केटबल खेलाडीहरुलाइ धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुबेदीले जानकारी गराए ।

प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल संघको रहेको थियो ।