विराटनगर /  छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ ।

बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो ।

जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो अडिसन जेठ १३ गते हुने भएको छ  । पहिलो अडिसन विराटनगर, सुनसरीको इटहरी र धरानमा हुनेछ ।

‘यस पटकको प्रतियोगिता विगतको भन्दा फरक र भव्य रुपमा हुनेछ,’ जय मिडिया मेनेजमेन्ट प्रालिका डाइरेक्टर जय राज रायले भने, ‘विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुबाट छनौट भएका बालवालिकाहरुलाई प्रशिक्षण दिनेछ । जहाँ बालवालिकाहरुको क्षमतिा अभिवृद्धी गर्नेदेखि उनीहरुलाई सीप र संस्कारको ज्ञानहरु पनि सिकाइनेछ ।’

साथै बालवालिकाहरुलाई नृत्य, सरसफाई, शिक्षाको महत्व, वाक कला जस्ता अतिआवस्यक विषयमा विज्ञहरुबाट विशेष कक्षाहरु पनि दिइने जय मिडिया मेनेजमेन्ट प्रालिका सिइओ निशा खतिवडाले बताइन् ।

प्रतियोगिताको विजेताले जनही ३०–३० हजार रुपैयाँको साथै जय मिडिया मेनेजमेन्ट प्रालिको ब्यानरमा निमार्ण हुने नेपाली चलचित्रमा बाल कलाकारको भूमिकामा पनि खेल्न पाउने भएका छन् ।