संखुवासभा/  संखुवासभामा भालुको आक्रमणबाट एक पुरुष सख्त घाइते भएका छन् ।

  भालुको आक्रमणमा परेर मकालु–३ थाक्रामका ३८ वर्षीय किरण राई गम्भीर घाइते भएको हुन  । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काका अनुसार बिहीवार दिउँसो पानी ट्याङ्की निर्माण गरेर फर्किदै गरेका राईलाई भालुले आक्रमण गरेर घाइते बनाएको थियो ।

भालुको आक्रमणबाट घाइते भएका राईलाई थप उपचारका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको थियो ।

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि जिल्ला जिल्ला अस्पताल ल्याइएको बताइएको छ ।

भालुको आक्रमणबाट उनको तिघ्रो र शरीरका विभिन्न भागमा चोट लागेको छ । निकुञ्ज क्षेत्रभित्र भालुके आक्रमणबाट हालसम्म एक दर्जन व्यक्ति घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा वर्षेनि भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।