विराटनगर / बिराटनगरमा रहेको सामाजिक संस्था परोपकार अभियान समूहले महिलाहरुका लागि उद्घोषण तालिमको आयोजना गरेको छ ।

समाजमा  महिलाहरूको क्षमता बिकास गराउने अभिप्रायले र उनीहरूलाई अवसर प्रदान गर्ने लक्ष्य लिएर महिला सशक्तीकरणका लागि उद्घोषणकला तालिम  आयोजना गरेको तालिमकी संयोजक कार्यसमिति सह-कोषाध्यक्ष इन्दु सुवेदीले जानकारी दिएकी छन् ।

        दुई दिनसम्म चलेको तालिममा विराटनगरका विभिन्न क्षेत्रबाट ३५ महिलाहरुले प्रशिक्षण लिएका थिए ।  प्रशिक्षक धिरज दाहालले दिएको तालिममा सहभागिहरूले उत्साहित भएर  भागलिएको जनाएका छन् ।

सो प्रशिक्षण कार्यक्रमको सञ्चालन सचिव उर्मिला सुवेदीले गरेको र उक्त  तालिमको समापन कार्यक्रमलाई कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष बाबुराम न्यौपाने, वरिष्ठ उपाध्यक्ष सोमराज कोइराला, उपाध्यक्ष किशोर भट्टराई र महासचिव कुलप्रसाद पौडेलले नजिकैबाट अवलोकन गर्दै यस्ता कार्यक्रमले समाजमा परिवर्तन ल्याउने कुरामा आफूले विश्वास गरेको जनाएका छन् ।