झापा /  झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन । शनिबार भद्रपुर नगरपालिका-८ भद्रपुर बिमान स्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाण्डौ जान लागेकी कमल गाउँपालिका-७ झापा घर भई काठमाण्डौ बस्दै आएकी २६ बर्षीया एन्जल राईले भित्रि बस्त्रमा लुकाई राखेको १५ ग्राम २ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ मेचीपुलबाट बुद्धशान्ती गाउँपालिका -१ का २२ बर्षीय समिर दर्जी, मेचीनगर- १ का २१ बर्षीय दिपेश कुमार राजबंशीलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।