बेलबारी /  मानिसको मृत्युपर्यन्त शव जलाउने दाउरा मृतकका आफन्तले नै जोहो गर्नुपर्छ,तर     मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ ले भने वडाबासीहरुका लागि शव जलाउने दाउरा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

बेलबारी ३ मा दोस्रो पटक वडाध्यक्ष जितेर आएपछि योगेन्द्र सुवेदीले १ बर्षअघिदेखि वडाबासीहरुका लागि यो सुबिधा उपलब्ध गराउन थालेका  हुन ।

बेलबारीका अन्य कुनै पनि वडामा यस किसिमको सुबिधा छैन । एकातिर मृत्युको शोकमा परिवार डुबेको हुन्छ,त्यसमाथि शव ब्यबस्थापनका लागि दाउराको जोहो गर्नुपर्ने बाध्यता हुने भएकोले थोरै भएपनि वडाबासीहरुका लागि यो सुबिधा उपलब्ध गराएको उनी बताउँछन ।

स्थानीय साझेदारी बन सँगको समन्वयमा यो अभियानलाई उनले अघि बढाएका छन । त्यस कार्यका लागि वडाले बार्षिक ५० हजार रुपैया बन समुहलाई उपलब्ध गराउने गरेको छ ।

यो कार्यक्रममा आगामी दिनमा समेत उपलब्ध गराईरहने उनी बताउँछन ।  वडाको यो अभियान सकरात्मक रहेको वडाबासीहरु बताउँछन ।