धरान / धर्तीको पहिलो तिर्थ स्थल बराहक्षेत्रधाम छैन  शौचालय भारत र नेपालमा रहेका चार धाममध्येको एक हो बराहक्षेत्र धाम । चारधामध्ये नेपालमा दुई धाम रहेका छन् बराहक्षेत्र र मुक्तिनाथ । भारतमा भने कुरुक्षेत्र र धर्मक्षेत्र रहेका छन् ।

यी चारधाममध्ये सबै धाम सबै किसिमले सुविधा सम्पन्न भएपनि सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बराहक्षेत्र धामको विकास भने अन्य धामभन्दा तुलानात्मक रुपमा विकास कम भएको पाइएको छ ।

भारतका दुइ कूरुक्षेत्र र धर्मक्षेत्र र नेपालका दुई धाम बराहक्षेत्र र मुक्तिनाथ । यी धामहरुमा नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु भगवानप्रतिको आस्था बाहेर आउने गरेका छन् ।

यीमध्ये बराहक्षेत्र धाममा पनि नेपाल तथा भारतबाट असंख्यौ भक्तजनहरु आउने गरेका छन् ।

विगतदेखि नै बराहक्षेत्र सरक्षण मञ्च गठन गरेर बराहक्षेत्रधामको विकास गर्दै आएको मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले सनातन धर्मालम्बीहरुका लागि अति महत्व रहेको बराहक्षेत्र धामको भौतिक पूर्वाधारमा भने राज्यबाट सहयोग नगरेको बताए ।

उनले बराहक्षेत्रमा नेपालकामात्र नभई भारतका समेत सनातन हिन्दुधर्मालम्बीहरु आउने गरेको बताउदै यहाँसम्म आइपुग्ने असहज बाटोघाटो, पार्किङको असुविधा, सर्वसुलभ ढंगको शौचालय अभाव लगायतका समस्या भएको बताए ।

उनले धार्मिक महत्व बोकेको यो क्षेत्रलाई राज्यले उचित सहयोग गरिदिने हो भने देशको अर्थतन्त्रमा समेत यो क्षेत्रले सहयोग पुग्ने बताए ।

यस ठाउँमा अन्य दिन पनि भक्तजनहरु आउने भएपनि मेलाको समयमा भने भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

खासगरी कार्तिक पूर्णिमा र मंसिर संक्रान्तिमा बराहक्षेत्रमा भव्य मेला लाग्ने गरेको छ । कार्तिक पूर्णिमामा लाग्न मेलामा भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् भने मंसिर संक्रान्तिमा नेपालमा विभिन्न स्थानबाट भक्तजन आउने गरेको पूजारी बताउँछन् ।

सिन्धुपाल्चोकबाट बराहक्षेत्र धाम पुग्नु भएका रामअनुज नेपालले श्रीमद् भागवतमा पनि बराह अवतारको विषयमा उल्लेख भएको बताउदै सृष्टि हुदा नै बराह भगवानको नाम आउने गरेको बताए ।

उहाँले हिमवत खण्डको नेपाल महात्मयमा कोकाह र कौशिकीकौ सगम स्थल जसलाई कोकाह बराह भनिन्छ यहाँ आएर  पितृहरुलाई सम्झिने, स्नान गरेमात्र पुण्य कमाइने भन्ने किवदन्ती अनुसार सिन्धुपाल्चोकबाट यहाँ आएको बताए । उनले सरकारको दृष्टिमा यस्ता धार्मिक क्षेत्रहरु पर्न नसकेकोप्रति विडम्बना भएको बताए ।

त्यहाँ आउनेहरुले पहिलो भगवान नै बराह भगवान भएको मान्यता राख्ने गरेका छन् । यहाँ आएर पितृहरुलाई सम्झेर पितृहरुको सम्झनामा श्राद्ध गरे पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेकोले बराहक्षेत्र आउने गरेको पारसमणि पोखरेल बताउछन् ।

यति धेरै महत्व बोकेको बराहक्षेत्र धामसँग पुग्ने सडक राम्रो नहुदा भक्तजनलाई समस्या हुने, बास बस्ने उचित व्यवस्थापन, शौचालयको अभावका कारण यहाँ आउने भक्तजनहरुले समस्या भोग्ने गरेका छन् । यसतर्फ भने सरकारको ध्यान गएको पाइदैन ।