विराटनगर /  काठमाडौं बिश्वबिद्यालयको  साझेदारी कार्यक्रमका रूपमा संचालित बिराटनगर १४ मा रहेको एस्पायर कलेजमा कोरियन विश्व विश्वविद्यालय चिन्जु नेशनल युनिभरसिटि अफ एजुकेसनका प्रोफेसर डा. होङले भ्रमण गरेका छन् ।

लुपिक प्रोजेक्टका मेनेजर समेत रहेका प्रोफेसर  होङ काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको एस्पायर कलेजका बिद्यार्थी तथा  अभिभावकसगको अन्तरकृयात्मक  कार्यक्रमका सहभागी भएका थिए । 

कार्यक्रममा प्रोफेसर होङले शिक्षा सामाज रूपान्तरणका लागी हुनुपर्ने बताए । उनले भने ञयसका लागि सर्वप्रथम शिक्षक नै सम्वाहक बन्नसक्छ  ।

expayer

दक्षिण कोरियाले आज जे जति विकास गरेको छ भने त्यो शिक्षाबाट मात्र सम्भव भएको हो । त्यसैले हामीले नेपाल जस्तो उच्च सम्भावना बोकेको देशमा पनि शिक्षा मार्फत् परिवर्तन ल्याउने दुरगामि परियोजना लिएका छौं ।

कार्यक्रममा उनले एस्पायर कलेजको विद्यार्थीहरू प्रतीको लागाव र लगानि, काठमाण्डौं विश्वविद्यालयको मुल्य र मान्यता, सिकाईको प्रभावकारीता र विद्यार्थीहरूको समग्र प्रगती देखेर छात्रावृत्ति प्रदान गरेको बताए। एस्पायर कलेजमा बि।टेक। एड।

आई।टी अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूलाई करिब ५० लाख भन्दा बढिको छात्रावृत्ति प्रदान गरिएको हो । 

कलेजका प्रिन्सपल सि।एम। बस्नेतले आफुले लिएको २०औं वर्षको लामो शैक्षणिक अनुभव अनुसार विद्यार्थीहरूलाई जीवनपयोगी शिक्षा दिने र काठमाण्डौं विश्वविद्यालयको शैक्षिक अभ्यास र परम्परालाई पुर्णतः आत्मसात गर्ने बताए ।

एस्पायर कलेजबाट ब्याचलर गर्ने विद्यार्थी कुनै पनि हालतमा गरीखाने बन्ने र सिप, सॅंस्कार र प्रवाधिमैत्रि बन्नेछन्।

प्रमुख बस्नेतले भने ।  कलेज समग्र रुपमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र सोही अनुसारका बिषयहरु अध्यापन गराइएको हुँदा कोशी प्रदेश तथा मधेस प्रदेशका बिद्यार्थीहरु लाभान्वित हुनसक्ने अवस्था रहेको र कोरियन बिश्वबिद्यालयको छात्रवृत्तिले अझ बिद्यार्थी र अभिभावकलाई प्रेरणा जगाएको बस्नेतले बताए । 

कार्यक्रममा कलेजका आइ टि संकायका कोअर्डिनेटर खेमनाथ खतिवडाले कोभिडका कारण थलिएको अर्थ तन्त्र र यसले समग्र बिश्वमा पारेको असरका बाबजुत पनि कोरियन छात्रवृत्ति प्रदान गरेकोमा धन्यवाद दिए । 

कार्यक्रमको दोश्रो सत्रमा काठमाण्डौं विश्वविद्यालय स्टिम एजुकेशनका हेड अफ डिपार्टमेन्ट एसिस्टेन्ट प्रोफेसर बिनोद प्रसाद पन्तले विराटनगरका तथा आसपासका क्षेत्रका २० बटा विद्यालयका नेतृत्वकर्ताहरूसॅग स्टिम एजुकेसन सम्बन्धि अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा स्टिम एजुकेसनको आवश्यकता र सामाजिक रूपान्तरणका लागि शिक्षाका विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । 

एस्पायर कलेजमा काठमाण्डौं विश्वविद्यालयबाट साझेदारी रूपमा बि.टेक.एड.आई.टी र बि.पि.एच. (ब्याचलर अफ प्रोफेशनल हस्पिटालिटी होटेल म्यानेजमेन्ट) कार्यक्रमहरू सन्चालनमा छन् । र विश्वविद्यालयले यही अगस्ट  पहिलो हप्तादेखि दुवै कार्यक्रममा नया भर्नाको शुरूवात समेत गर्दैछ ।