विराटनगर / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न सामग्री प्रदान गरेको छ । 

महानगरले वडा नम्बर ४ र १७ मा सञ्चालित उद्यमशीलता तालिमका सहभागीहरुलाई सिलाई मेसिनसहितका सामग्री प्रदान गरेको हो ।

 कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सिलाई मेसिन, कैची, स्प्रे मेसिन प्रदान गर्नुभयो ।

त्यस्तै समूहमा तरकारी खेतीका लागि हाते ट्याक्टरसमेत प्रदान गरिएको थियो । त्यस्तै गुडिया उत्पादन गर्ने मेसिन पनि वितरण गरिएको आर्थिक प्रशासन महाशाखा प्रमुख दीपक पौडेलले जानकारी दिनुभयो ।