धरान /  धरानबाट प्रकाशित ‘दिव्य रोशनी’ साप्ताहिक को १९औ वार्षिकोत्सबमा ३ जना पत्रकार सहित एक महिला उद्यमी सम्मानित हुनुको साथै लेख रचनाका लेखकहरूलाई कदरपत्र प्रदान गरेको छ । 

बिहिबार आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क राज राइले उनीहरूलाई पुरस्कार, सम्मानपत्र र कदरपत्र प्रदान गरेका हुन ।

प्रकाशकरसम्पादक मनिता चाम्लिङका बुबा क्विन गोर्खा ईन्जियिरिङ्ग सार्जन्ट स्व.प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको उत्कृष्ट सामाजिक पत्रकारिता सम्मानद्वारा भैरव आङला र बिनादेवी तामाङ ५ हजार ५ सय ५ रुपैयाँ नगद सहित पुरस्कृत भएका छन् । 

  श्रव्य दृश्य अनलाइनका नवराज विष्टलाई मनिताका कान्छा दाजु वाजुन राईको स्मृतिमा स्थापित ५ हजार ५ सय ५ रुपैयाँ राशिको सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

महिला उद्यमी, समाजसेवी अभिन्नदनपत्रबाट हेन्डीक्राफट प्रशिक्षक पूर्ण कुमारी श्रेष्ठलाई सम्मानित गरिएको छ। पत्रिकामा प्रकाशित लेख रचनाका लेखक नितेश श्रेष्ठ र रोशन श्रेष्ठलाई नगद सहित कदरपत्र प्रदान गरिएको छ।