धरान \ श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक र पेशागत विकासको सुनिश्चितता गर्न माग गर्दै प्रेस चौतारी सुनसरिले ७ बुदे घोषणा पत्र सार्बजनिक गरेको छ । 

त्यसै गरि श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सम्बन्धी सबै पक्षहरुसँग माग गरेको छ ।               1685105555179

 त्यस्तै पत्रकार महासंघलाई वास्तविक श्रमजीवी पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित गर्न पत्रकार महासंघले शुद्धिकरणको अभियान सञ्चालन गरेकोमा प्रेस चौतारी नेपाल शुद्धीकरणका मापदण्डहरू पुर्णरुपमा अक्षरशः लागु गर्न माग गर्दछ र प्रेस चौतारी नेपाल सुनसरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

घोषणापत्रमा पत्रकारितालाई सम्मानित पेशाको रुपमा स्थापित गर्न सम्पूर्ण पत्रकारहरुको विकासका कार्यक्रम तथा योजनाहरू ल्याउन पत्रकार महासंघसँग माग गर्दछ ।

 साथै सुरक्षित कार्य वातावरण बनाउन सम्बन्धित सञ्चारमाध्यमहरुको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले विभिन्न पत्रपत्रिकाहरूलाई दिँदै आएको लोक कल्याणकारी विज्ञापन कटौती गर्ने भन्ने विज्ञापन बोर्डको जानकारी प्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै पत्रपत्रिकाले पाउँदै आएको विज्ञापनलाई नियमित रुपमा प्रदान गर्न, कोशी प्रदेशमा मिडियाहरुको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गरेको छ । 

विभिन्न क्षेत्रमा भ्रष्टाचारका घटनामा नेपाल सरकारले गरीरहेको छानविनलाई निष्पक्ष रुपमा अघि बढाउन समेत माग गरेको छ।

 प्रेस चौतारीका नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र केन्द्रीय  उपाध्यक्ष गणेश पाण्डेको आतिथ्यमा प्रदेश समितिका पदाधिकारीहरु समेतको सहभागितामा सांगठानिक र आर्थिक प्रतिवेदन पास गर्दै साधारणसभा सम्पन्न भएको छ ।