धरान \  साधारण सभाका अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव एवम् प्रेस चौतारी नेपाल सुनसरीका पुर्व अध्यक्ष देवेन्द्र कार्कीले स्वर्गीय पिता अमर बहादुर कार्कीको स्मृतिमा पत्रकारिता पुरस्कारको लागि १ लाख रासीको अक्षष कोष वनाउने घोषण गर्नु भएको छ ।

 उक्त अक्षय कोष चौतारीको वैंकमा जम्मा गरिदिने र सोही रकमबाट आउने व्याजबाट हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्ने वताउनु भएको छ । 

समाज सेवी तथा आमचौक गाउँपालिकाका पुर्व जनप्रतिनिधि समेत रहेका स्वर्गीय कार्कीको स्मृतिमा प्रदान गरिने यस वर्षको पहिलो अमर बहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार धरानका पत्रकार रणध्वज लोहारलाई प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी चौतारीका केन्द्रिय अध्यक्ष गणेश वस्नेत  र पुरस्कार दाता देवन्द्र कार्की र श्रीमती सुलोचना कार्कीले नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्रले पत्रकार लोहोरलाई सम्मान गर्न भएको थियो ।