धरान/ धरान उपमहानगरपालिकाका दलित समुदायको बिकाशका लागि ४ वर्षे आवधिक योजना तर्जुमाको लागि छलफल गरेको छ ।

दुई दिन सम्म चल्ने योजना तर्जुमा कार्यक्रममा दलित समुदायको आर्थिक, शैक्षिक, सामाजिक तथा नेतृत्व बिकाशको योजना बनाउने भएको छ ।

धरान उपमहानगरपालिकाको आयोजनामा भएको योजना तर्जुमा कार्यक्रममा ४ वर्ष भित्र दलित समुदायको बिकाशको लागि उपमहानगरले गर्ने कार्यक्रमहरु तय गरिने कार्यपालिका सदस्य दिनेश गजमेरले बताए ।

उनका अनुसार योजना तर्जुमा कार्यक्रमले दिएको एजेन्डा अनुसार धरान उपमहानगरपालिकाले भावी योजना, बजेट तथा कार्यक्रमहरु बनाउने छ । 

कार्यक्रममा धरानमा कृयाशिल दलित समुदायका संघसंगठनका प्रतिनिधि, दलित समुदायका जनप्रतिनिधिहरुको उपस्थिती रहेको छ ।

वडा नम्बर १८ कि वडाध्यक्ष जमुना त्रिखत्रीको सभापतित्वमा भएको योजना तर्जुमा कार्यक्रमको सहजीकरण गरेका थिए ।