धरान /  धेरै जस्तो सामाजिक संघ संस्था प्रचारका लागि खोलिएका छन्, सामान्य काम गरेर ठूलो प्रचार गर्ने गर्छन, तर धरानमा यस्तो एउटा संस्था छ जुन संस्थाले धेरैको जीविकोर्जनमात्र गरेको छैन अपांग तथा सहायहरुलाई निःशुल्क उपचारसँगै औषधि समेत वितरण गर्दै आएको छ ।

धरान ८ मा रहेको अपांग तथा सहाय केन्द्रमा बराहक्षेत्र कालाबन्जारका सुनिल कार्कीलाई उपचार गर्न काठमाण्डौ जाने क्रममा आमा कमला कार्कीसँग कार्यालयमै भेटियो ।

जन्मदै ओठ च्यातिएर स्पष्ट बोल्न नसक्ने उनलाई अपांग तथा असहाय केन्द्र धरानले काठमाण्डौको विएनबी अस्पतालमा निःशुल्क शल्यक्रिया गरिदिने भएपछि काठमाण्डौ जान तयारी अवस्थामा रहेका उहाँलाई त्यहाँ भेटिएको हो ।

जन्मजात यो समस्या भएका उहाँले गाउँकै स्कुलबाट एसइई दिनुभएको हो  उहाँलाई आर्थिक अवस्था तथा विविध कारणले शल्यक्रिया गर्न नसकेको बेला संस्थाले गरिदिने भएपछि उनीहरु दंग दिए ।

विगतमा समेत अपांग तथा असहायलाई निरन्तर सहयोग गर्दै आएको यो संस्थाले सोही दिन आर्थिक अवस्था कमजोर भएका ५ जना बालबालिकालाई शैक्षिक सामाग्री, तीन जना मृगौला पीडितलाई निःशुल्क औषधि वितरण, क्यान्सर पीडित एक बालकलाई उपचार खर्च संस्थाकै तर्फबाट १ लाख सहयोग प्रदान गरेको छ भने

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर थप ५ हजार प्रदान गरिएको अपांग तथा असहाय केन्द्र धरानका निर्देशक सुनि खड्काले जानकारी दिए ।

गरिब तथा असहायहरुको सहयोगका लागि यो संस्थाले पुलको काम गरेको संस्थाकी सदस्य सीता मैनालीले बताइन्। उनले विभिन्न सहयोगी हातहरुसँग मिलेर निम्न वर्ग, शारीरिक अशक्त, पारिवारिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्दै आएको बताइन् ।

तर अहिलेको विषम् परिस्थितिमा यस्ता वर्ग दिनप्रतिदिन थपिदै गएकोले समस्या विकराल बन्दै गएको बताउदै उनीहरुलाई सहयोगको खाँचो रहेकोले यस संस्थामार्फत सहयोग गर्न आवहान गरिन् ।

विशेष गरेर यस संस्थामा समाजसेवी अशोक अग्रवाललको देन अतुलनीय रहेको छ । अग्रवालले पुर्‍याएको सहयोगको विषयमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले समेत प्रशंसा गरे ।े आर्जन गरेको रकम यस्ता वर्गलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियोे ।

उनले संस्था कार्यमा तीनै तहको सरकारले सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए ।

अहिलेसम्म खुट्टाको समस्या भएका दर्जनौको  निशुल्क शल्क्रिया, औषधी वितरण, क्याम्पस पीडितलाई सहयोग र निम्न वर्ग भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, छात्रवृत्ति लगायत आयआर्जन कम भएका सैयौ सर्वसाधारणलाई खाद्य सामाग्री, लत्ता कपडा समेत वितरण गरेर समाजमा उदाहरणीय काम गर्दैै आएको छ ।