धरान / सबैलाई रेडियो, टेलिभिजन तथा सार्वजनिक कार्यक्रममा बोल्ने रहर हुन्छ । रहर हुदाहुदै पनि बोल्ने तरिका थाहा नहुदा धेरै जसो कार्यक्रमतिर बोल्न हिच्किाउँछन्, बोल्नै सक्दैनन् ।

विशेष गरी युवा पुस्ताहरु वककलामा बढी रुची राख्छन् । उनीहरुले तालिमको सुनौलो अवसर भने पाएका हुदैनन् जसले गर्दा इच्छा मारेर बस्नुपर्ने बाध्यता छ ।

तर धरानमा भने विगतदेखि नै यस्ता युवायुवतीका लागि धरान ९ आचार्य लाइनमा रहेको रिलायबल एकेडेमिक ट्रेडिङ एण्ड इभेन्ट नेपाललले वाकलामा इच्छाशक्ति भएका युवायवतिलाई तालिम दिदै आएको छ ।

सार्वजनिक स्थल, रेडियो तथा टेलिभिजन लगायताक विभिन्न कार्यक्रममा बोल्ने इच्छा शुरुदेखि नै भएपनि तालिम नलिएका कारण सम्भव नभएको बेला तालिम लिएपछि धेरै सहज भएको प्रविधि न्यौपाने बताउँछिन् ।

उनले सानो सानो कुरा जस्तो माइक पक्डिने, स्टेजमा जाँदा कसरी जाने, हाउभाउ कस्तो गर्ने भन्ने विषयमा जानकारी नभएकोले यहाँ सिकेपछि अब बोल्न सक्छु भन्ने आत्मा विश्वास बढेको बताइन् ।

.ठाउँ विशेष अनुसार बोल्नुपर्ने रहेछ भनेर यहाँ तालिम लिइसकेपछिमात्र बुझेको अर्का प्रशिक्षार्थी मन्दिप लिम्बु बताछन् ।

ज्येष्ठ नागरिकको कार्यक्रम, बालबालिकाको कार्यक्रम,  इन्टरनेन्टमेन्ट कार्यक्रम सञ्चालन गर्दा परिस्थिति अनुसार फरक फरक ढंगले गर्नुपर्छ भन्ने कुरा तालिमबाट जानकारी पाइएको उनले बताए ।

प्रशिक्षक एवम् रिलायबल एकेडेमिक ट्रेडिङ एण्ड इभेन्ट नेपालका सञ्चालक दिपेन्द्र निरौलाले प्रशिक्षार्थीहरुलाई कसरी माइक्रोफोन पोडियममा कसरी बोल्ने, बोल्दा आफ्नो आवाजको गतिलाई कसरी कन्ट्रोल गर्ने भाषणकला र उद्घोषणकलाका विषयमा प्रशिक्षार्थीहरुलाई तालिम दिएको बताए । दुई दिन चलेको तालिममा २२ जनाको सहभागिता रहेको थियो ।