सुनसरी / सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो कारोबार भएको दिन अर्थात् आइतबार १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार [आज} भने स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।