ताप्लेजुङ / ताप्लेजुङमा एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

जिल्लाको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागी भएको थियो । 

आगलागीबाट स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । 

आइतबार  दिउँसो घरमा कोही नभएको समयमा भएको समयमा आगलागी भएको थयो । 

टिनको छानो भएको कच्ची घर भएकोले आगो निभाउन ढिला हुदा जलेर नष्ट भएको मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले बताए ।

 आगलागीबाट घरसहित घरभित्र रहेका सम्पूर्ण सामान पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । विद्युत सर्ट भएर आगलागी भएर आगलागी भएको प्रहरीले जनाएको छ ।