मोरङ /  मोरङको बिराटनगर महानगरपालिका १० को भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मंगलबार को. २ ह ८०५१ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटी सफारी चालक पथरीशनिश्चरे नगरपालिका-७ का ६० बर्षीय राम बहादुर लिम्बुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।