धरान /  सुनसरीको धरान उप-महानगरपालिका ३ बाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धरान-३ का २३ बर्षीय जितेन्द्र दास, धरान-१५ का ३५ बर्षीय दिपेन राई र २७ बर्षीय अनम राईको साथबाट लागुऔषधी ट्रामाडोल २ सय ७६ ट्याव्लेट, स्पास्पेन २ सय ८१ ट्यावलेट र नगद ८ हजार ७ सय ४० रुपैया बरामद गरेको हो ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।