उदयपुर /  कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा रहेको सर्पदंश केन्द्रलाइ कोशी प्रदेश सरकारले भेन्टिलेटरसँगै अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग गरेको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिए ।

उपकरण कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानीमन्त्री तिलकुमार मेन्याङ्बो (लिम्बू)ले समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका थिए ।

सर्पदंश उपचार केन्द्रलाई चाँडै एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको मन्त्री मेन्याङ्बोले बताए । सर्पदंश उपचार केन्द्रले प्रवाह गरेको सेवाको प्रशंसा गर्दै उनले आगामी दिनमा सेवालाई थप विस्तार गर्नसमेत आग्रह गरे ।