सुनसरी/ कोशी प्रदेश नामाकरणको विरुद्ध भैरहेको आन्दोलनमा नेकपा (एमाले)का नेता कार्यकर्ता माथी आक्रमण भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिवादमा उत्रन भनेका छन्।

बिहीबार नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै उनले कार्यकर्ताहरूको रक्षा आफैंले गर्नुपर्ने परिस्थिति आएको बताएका हुन्।

प्रदेश सभा सदस्य राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको एमाले अध्यक्ष ओलीको दाबी छ।

एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था आएको बताएका छन् । उनले भने सरकारले यो गराइराख्या छ भने एमाले चुप लागेर बस्न सक्दैन।

हाम्रा कार्यकर्ताहरूको रक्षा हामी आफैंले गर्नुपर्छ भने तयारी गर्नुपर्छ।’

उनले कोशी प्रदेशमा भइरहेको आन्दोलनलाई सरकारकै संरक्षण रहेको आरोप लगाए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाति-जातिको राज्य बनाउँछु भनेर पहिला नै विष फैलाउन खोजेको नसकेपछि फरक तरिकाले अभियानलाई संरक्षण गरेको पनि आरोप लगाए।