धरान /  होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुका लागी धरान १२ स्थित  मेघा हिमालयन कलेजले होटल म्यानेजमेण्ट अन्तरगत  तीन हप्ते  हस्पिटालिटी वर्कसप सुरु गरेको छ ।

स्वीस कन्ट्याक्ट प्रोगामसँगको सहकार्यमा वर्कशप शुरु भएको विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

कलेजका प्राचार्य भाष्कर पौडेलका अनुसार तीन हप्ता सम्म वर्कसप सन्चालन हुनेछ । वर्कसपमा स्वीस कन्ट्याक्ट मार्फत नेदरल्याण्डबाट आएका हस्पिटालिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षक हेरिङ्गा २५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील दक्ष प्रशिक्षक हुन ।