सुनसरी / हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

साथै देशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी प्रदेशको एक-ई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

हाल देशको पूर्वी तथा मध्य भू- भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ