धरान । धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले पेश गरेको वडागत तथा क्षेत्रगत बजेट सिमाको बिषयमा प्रस्ताब पेश गरे पछि वडाध्यक्ष तथा कार्यपालिका सदस्य र बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिबादित बनेको हो 

आर्थिक वर्ष २०८०/ ८१ लागि धरान उपमहानगरपालिकाले वडागत तथा बिषयगत समितिलाइ बिनियोजन गरेको बजेट सिमा बिबादित बनेको छ । 

बिबाद समाधान नभएपछी कार्यपालिका बैठक स्थगित भएको छ ।

बिषयगत समितिले सदस्यहरु सङ छलफल नगरी श्रोत बाडफाड समितिले कार्यक्रम पनि ल्याए पछि बिबाद बढेको हो ।

४ घण्टा लामो छलफलमा मेयर हर्कराज राइले आफ्नो अडान नछाडे पछि बिबाद समाधान भएन ।

मेयर राइले बिषयगत समितिका संयोजकहरुलाइ मात्रै बोलाएर कार्यक्रम माथी छलफल गरेका थिए । संयोजकहरुले सिलिङ्को बिषयमा मात्रै हस्ताक्षर गरेको दाबी गर्दै कार्यक्रम तय नगरिएको बताएका छन् । 

श्रोत निर्धारण समितिले ५ वटा बिषयगत समितिलाइ सिमा निर्धारण सङ्गै बजेट बिनियोजनको कार्यक्रम सहितको शुचि पेश गरे पछि बिषयगत समितिका सदस्यहरु सङ्ग छलफल नगरी बजेट बिनियोजन गरिएको प्रती आपत्ती जनाएका छन् । 

श्रोत बाडफाड समितिले प्रक्षेपण गरेको १ अरब ७१ करोडमा वन तथा वातावरण तथा बिपद ब्यवस्थापनमा १ करोड ५० लाख, आर्थिक बिकाश तर्फ ६९ लाख ५० हजार, सामाजिक बिकाश तर्फ ४ करोड ४१ लाख, सुशासन तथा संस्थागत बिकाशमा १ करोड २० लाख ५० हजार र पुर्वाधार बिकाशमा ३६ करोड ४७ लाख ५० हजार बिनियोजन गरेको छ । 

त्यसै गरि अन्य शीर्षकमा ६७ करोड ६६ लाख ५० हजार, वडागत बजेट २१ करोड गरि जम्मा क्षेत्रगत बिनियोजन आन्तरिक तर्फ १ अरब ११ करोड ५० लाख रहेको छ भने सशर्त अनुदान तर्फको बिनियोजन ५९ करोड ५० लाख रहेको छ ।

श्रोत निर्धारण समितिका सदस्यहरुले बैठकमा १ अरब ७० करोड रुपैया मात्रै प्रक्षेपण गरिएकोमा आजको बैठकमा एकै चोटि १ अरब ७१ करोडको बजेट आएको प्रती आपत्ति  जनाए । कसरी १ करोड बजेट बढेर आयो, कुन श्रोतबाट ल्याएको कुनै जानकारी नभएको बताए ।

श्रोत निर्धारण समितिले बिनियोजन गरेको क्षेत्रगत बजेट बिनियोजन तथा प्रक्षेपण गर्दा बिषयगत समितिलाइ गुमराहमा राखेको आरोप लगाए ।

एक समितिका संयोजकले भनिन्, ञ कसैको स्वार्थमा बनाइएको बजेटले जनतालाइ गुमराहमा राखेको छ, गुमराहमा राखेर बजेट ल्याइएको छ ।झ

धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि आय तर्फ आन्तरीक श्रोत ३७ करोड ६२ लाख ६ हजार प्रक्षेपण गरेको छ ।

त्यसै गरि संघिय सरकारबाट समानिकरण, शसर्त, विशेष अनुदान र समपुरक अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट समानिकरण, शसर्त र समपुरक अनुदानबाट ४ करोड १९ लाख २ हजार र राजस्व बाडफाडबाट ३४ करोड २४ लाख २ हजार गरि कुल  १ अरब ७१ करोड रुपैया प्रक्षेपण गरिएको छ ।