धरान / गरिमा डान्स सेन्टरको आयोजनामा भएको चिल्ड्रेन ट्यालेन्ट हन्टको उपाधि जेसन आचार्य र त्रिशला श्रेष्ठ जितेका छन।

 गत शुक्रबार धरानमा सम्पन्न चिल्ड्रेन ट्यालेन्ट हन्ट–३ को विजेता सिनियर तर्फ धरान १  स्थीत होलि गार्डेन एकेडेमीका छात्र जेसन आचार्य र जुनियर तर्फका  विजेता धरान १६ स्थीत सत्य शिशु सदनकी छात्रा त्रिशाला श्रेष्ठ बनेकी छन् । 

सिनियर तर्फका बिजेता जेसनले नगद ५० हजार, टोपी, ट्रफी, स्यास, बुके, प्रमाणपत्र र गरिमा डान्स सेन्टर धरानमा एक वर्ष निशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् भने जुनियर तर्फका विजेता त्रिशालाले नगद ५० हजार, क्राउन, ट्रफी, स्यास, बुके, प्रमाणपत्र र गरिमा डान्स सेन्टर धरानमा एक वर्ष निशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् ।  

धरान १५ स्थीत सदन सभा भवनमा भएको ग्राण्ड फिनालेको फस्ट रनरअप सिनियरतर्फबाट धरान–५ स्थित डिबी बिलिवर्स बोर्डिङ स्कुलकी सन्ध्या माझी र जुनियर तर्फबाट धरान ३ स्थीत मेरीगोल्ड स्कुलकी सदिक्षा राई बनेका छन् ।

उनिहरुले नगद २० हजार सहित क्राउन, स्यास, बुके, प्रमाणपत्र, गरिमा डान्स सेन्टर धरानमा ६ महिना निशुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् ।

यसैगरी सेकेन्ड रनरअप सिनियर तर्फबाट धरान १५ स्थीत के।के।ईन्टरनेश्नल स्कुलकी जेनिसा तामाङ र जुनियर तर्फबाट धरान ११ स्थीत जोलसाया एकेडेमीकी सेन्डिका लिम्बुले नगद १५ हजार सहित क्राउन, स्यास, बुके, प्रमाणपत्र र गरिमा डान्स सेन्टर धरानमा ६ महिना निस्शुल्क नृत्य सिक्ने अवसर प्राप्त गरेका छन् ।  

ग्राण्ड फिनालेमा अन्य उपाधी सिनियरतर्फ बेष्ट क्याटवाक र मोष्ट ट्यालेन्ट जेसन आचार्य, बेष्ट ईम्प्रुभमेन्ट र बेष्ट स्माईल सन्ध्या माझी, वेष्ट फ्रेन्डसीप र वेष्ट मेकअप जेनिसा तामाङ, वेष्ट डिसिप्लिन सीतल लिम्बु, वेष्ट एक्टिभ स्मीका सुनुवार, वेष्ट फोटो जेनिक र बेष्ट पब्लिक चोईस लोयल तिमसिना, वेष्ट पङचुआलिटि आयुषा राई घोषित भए

भने जुनियरतर्फ बेष्ट प्रेजेन्टेशन र वेष्ट पब्लिक चोईस त्रिशाला श्रेष्ठ, बेष्ट पर्सन्यालिटी सदिक्षा राई, वेष्ट फोटो जेनिक सेन्डिका लिम्बु, मोष्ट ट्यालेन्ट ट्वीङकल राई, बेष्ट पङच्वालिटी लब्लि राई, मोष्ट एक्टिभ सुहाना राई, मोष्ट डिसिप्लीन दिव्या राई, बेष्ट क्याटवाक र मोष्ट हार्ड वकिर्ङ प्रमिसा राई,

बेष्ट ईम्प्रुभमेन्ट सिवन राई, बेष्ट फेन्डसीप काव्या राई, बेष्ट मेकअप र बेष्ट स्माईल आस्था राई, बेष्ट फिजिक्स फुङ्मा लिम्बु, मोष्ट व्युटिफूल सायना राई, मोष्ट हेन्डसम युगन मगर, मोष्ट कन्फिडेन्ट निनाम राई, मोष्ट ईन्थुजीयास्टिक वैदेही दाश, मोष्ट हाईजेनिक नितिज्ञा जोशी, मोष्ट डायनामिक सुहाना लिम्बु,

बेष्ट हेयर साईरा शाही, बेष्ट क्रिएटिभ रिदम शाह, मोष्ट ग्लामरस प्रसंसा बस्नेत, बेष्ट सिम्प्लीसिटी कियोना कार्की, बेष्ट ग्लोयिङ स्कीन जिन्नत राई, बेष्ट म्यानर अद्विती जोशी, घोषित भए । उपाधी विजेताहरुले ट्रफी, स्यास प्राप्त गरेका छन् । 

विद्यालयमा अध्ययनरत बालबालिकाको प्रतिभालाई पहिचान गरि जीवन उपयोगी उचित तालिम प्रदान गरि अझै प्रतिभा निखार्ने, क्षमता अभिवृद्धि गर्ने र उनीहरुको प्रतिभा प्रस्तुत गर्न मंच प्रदान गर्ने उदेश्यले आयोजित उक्त चिल्ड्रेन ट्यालेन्ट हन्ट ३ को

अडिसनबाट छनौट भएका मध्येबाट ३१ जना प्रतियोगिहरुलाई नृत्य, क्याटवाकररयाम्पवाक, पब्लिक स्पीकिङ, हेल्दी डाईट, सेनिटेशन, सेल्फडिफेन्स, सोसल रेस्पोन्सिब्लिटि, गुड टच–ब्याट टच, मोटिभेसन, ईलेक्टोनिक ग्याजेटको असरलगायत एक दर्जन जीवन उपयोगी तालिम प्रदान गरिएको कार्यक्रमको तालिम निर्देशक तथा संचालक सुमित्रा राई ९सन्जु०ले बताईन् ।   

गरिमा डान्स सेन्टर धरानको प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा मिस नेपाल–२००५ सुगरिका केसीको प्रमुख आतिथ्य तथा प्रमुख निर्णायकत्वमा भएका ग्राण्ड फिनालेका निर्णायकहरुमा टीम धरानका निर्देशक तथा अधिवक्ता दोर्पध्वज राई, नृत्य निर्देशक पनिता तामाङ, मोडल, एवं भीजे जतिन ताम्राकार

, नेपाल पत्रकार महासघ केन्द्रीय सदस्य एवं चलचित्र निर्देशक भीषण राई रहेका थिए भने कार्यक्रम संचालन चिल्डेन ट्यालेन्ट हन्टको तालिम निर्देशक उदघोषक सन्जु राईले गरेकी थिईन ।