धनकुटा/ सुरक्षालाई मध्यनजर गरी धनकुटाको पाख्रीवास नगरपालिकामा नयाँ स्वास्थ्य चौकीको निर्माण गरिएका छ ।

पाख्रीबास नगरपालिका  वडा नं ८ मा  बनेको नयाँ स्वास्थ्यचौकी भवन संघिय सरकारको ५७ लाख लागतका ४ कोठे एक तले स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो ।

२०७९ चैत महिनाबाट निर्माण शूरु गरिएको भवनको अहिलेसम्म करिब ८० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ ।

पुरानो स्वास्थ्यचौकी भवन जीर्ण र साँघुरो भएपछि नयाँ भवन निर्माण गरिएको हो ।

वडाध्यक्ष गणेश राईका अनुसार भवन निर्माणका लागि स्थानीय देबेन्द्र राईले निःशूल्क २ रोपनी जग्गा उपलब्ध गराएका थिए ।  निर्माणाधीन भवनको अब झ्याल ढोका लगाउने, रंगरोगन गर्ने,टायल विछ्याउने लगायतका काम बाँकी रहेको वडाध्यक्ष राईले बताए ।