सुनसरी /  नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले सोमबार एक दिने  व्यवसायी करदाता शिक्षा प्रदान गरेको छ।

नयाँ व्यवसाय गर्ने र पुराना व्यवसायीहरुलाई कसरी करको दायरामा रहन सकिन्छ, करका किसिम र व्यवसायमा दैनिकी हुने कारोबारलाई  कम्प्युटरमा मात्रै नभएर दैनिकि कारोबार  समेत लेख्ने, एउटै पान नम्बर भएको व्यवसाय बाट अन्य ठाउँमा समेत शाखा तथा अन्य व्यवसाय गर्ने सकिने,

 वर्तमान कर व्यवस्था एवं आर्थिक बिधेयक २०८० मा भएका प्रमुख प्रावधान साथै भ्याट सम्बन्धि शिक्षाको तालिम दिएको हो ।

 राजस्व कार्यलयले पछिल्लो समय कुनै पनि  सामान अर्थात बस्तु खरिद  कर्ता र बिक्रि कर्ताले अनिवार्य विल दिने र लिने विधि लागु गरेको छ ।

एउटै पान नम्बर विल बाट शाखा खुलाएर विल बनाउन सकिने विषयमा समेत प्रशिक्षण गराएको  थियो ।  

नियम उल्लंघन गरेक‍ो पाएका दुबै पक्षलाई एक हजार जरिवाना तोकिएको समेत जानकारी दिएका छन। तालिममा धरान नगरभरीका ८५ जना व्यवसायीहरुले सभागिता जनाएका थिए ।

करदाता तालिमको प्रशिक्षण  आन्तरिक राजस्व कार्यलय धरानका प्रमुख गोबिन्द राज आचार्य र कम्प्युटर अपरेटर गोबिन्द पौडेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिती प्रदेश सभा सदस्य  यसोदा कायस्थ ,अन्य अथितिमा  नेपाल उघोग तथा व्यवसाय माहाँ सघंका  सुनसरी  अध्यक्ष काजी गिरी ,

नेपाल व्यवसाय माहासंघ धरान नगर अध्यक्ष  हरिवाहादुर कार्की , नेकपा एमाले धरान नगर सह- सचिव  योगेश बाबु काफ्ले लगायत अन्य अथितीहरुको उपस्थिति रहेको थियो ।