विराटनगर /  मोरङको उर्लाबारी नगरपालिका-१ झारसादीबाट लागुऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ७ बजे  लागुऔषधको कारोबार भईरहेको बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी,२० बर्षीय धिरेन राई र उर्लाबारी-५ का २१ बर्षीय समिर बर्देवालाई लागुऔषध बिक्रिबितरण गरीरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनिहरुको साथबाट ट्रमाडोल ३ सय ६६ क्याप्सुल, स्पास्पेन ३ सय ६६ क्याप्सुल र नगद १९ हजार ६ सय रुपैया बरामद गरेको हो ।

पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।