धरान/  मोबाइल ब्यवसायीहरुले एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

आँखारोगीहरुलाई उपचारमा सहज बनाउन आखाँ शिबिर संचालन गरिएको अध्यक्ष जीवन शाक्यले बताए ।

शिविरमा १ सय ९६ जनाले आखाँ जाचँ गरेका थिए। ति मध्ये ११ जनाको आखाँको मोति विन्दुको समस्या र एक जनाको आखाँको सिस्ट समस्या देखिएको मोबाईल संघका सह–सचिव सुरेन्द्र दाहालले बताए । 

पछिलो समय आखाँरोगीका विमारीहरु बढ्दै गएकाले उपचारमा सहज होस् भनेर मोबाइल संघ प्रदेश कमिटीको समन्वयमा आखाँ शिबिर संचालन गरिएको सं शाक्यले बताए 

नेपाल नेत्र ज्योती संघ ईटहरीको प्राविधिक सहयोगमा निशुलक आखाँ जाचँ शिविर संचालन गरिएको उनले बताए ।शनिबार धरान १५ स्थित श्री शिक्षा सदन माध्यामिक बिधालयको प्राङ्गणमामा संचालन भएको हो ।

आर्थीक अवस्था कमजोर भएकाहरुलाईआखाँको उपाचार गर्न नसक्दा मोतिविन्दुको समस्याका बिरामीहरु बढ्दै जाने देखिएकाले शनिवार संचालन गरिएको उनले जानकारी गराए ।

नेपाल नेत्र ज्योती संघले वर्षेनी विभिन्न संघसंस्थाको समन्वयमा शिविर संचालन गर्दै आएको छ । संघको अनुसार बर्षमा करिब ५० वटा शिविर संचालन गर्ने गरेको छ । शिविरबाट अहिले सम्म पाँचहजार जनाको निशुलक आखाँ अफ्रेशन गरिसकेको इटहरीका संघ संस्थापक जयप्रसाद निरौलाले बताए ।