सुनसरी / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङको नेपाल मानव अधिकारवर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा अनुसार ६ महिनाको अवधिमा १२ वटा घटनामा सबैभन्दा बढी बलात्कारको घटना घटेको पाइएको छ ।

बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले ६ महिनामा ५ वटा बलात्कारको घटना रहेको बताए ।

उनका अनुसार गत मध्य पुस महिनादेखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघन सम्बन्धित १२ वटा घटना मध्ये सबैभन्दा बढी बलात्कारका ५ वटा,घरेलु हिंसाका ४ वटा,हत्याका २ वटा र बहुबिवाहसंग सम्बन्धित एक घटनाको अभिलेख इन्सेकसंग रहेको छ।

सन् २०२२ को एकवर्षे अवधिमा इन्सेकको अभिलेखमा २० वटा घटना समावेश थिए।

जसमा आधा भन्दा बढी बलात्कारकै रहेका थिए। इन्सेक जिल्ला प्रतिनिधि गुरुङका अनुसार उतिबेला अभिलेखीकरण भएका मध्ये ११ वटा बलात्कारका,२ वटा

बाल यौन दुव्र्यवहारका,बलात्कार तथा मानव बेचबिखनसंग सम्वन्धित,स्वास्थ्यकर्मी माथि हातपात र कुटपिटसंग सम्बन्धित र जेष्ठ नागरिक कुटपिटसंग सम्बन्धित र बहुविवाहसंग सम्बन्धित एक–एकवटा घटना भएका थिए। हत्यासंग सम्बन्धित ३ वटा घटनाको अभिलेख इन्सेकसंग रहेको छ।

 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङको नेपाल मानव अधिकारवर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा अनुसार ६ महिनाको अवधिमा १२ वटा घटनामा सबैभन्दा बढी बलात्कारको घटना घटेको पाइएको छ ।

बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले ६ महिनामा ५ वटा बलात्कारको घटना रहेको बताए ।

उनका अनुसार गत मध्य पुस महिनादेखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघन सम्बन्धित १२ वटा घटना मध्ये सबैभन्दा बढी बलात्कारका ५ वटा,घरेलु हिंसाका ४ वटा, हत्याका २ वटा र बहुबिवाहसंग सम्बन्धित एक घटनाको अभिलेख इन्सेकसंग रहेको छ। 

सन् २०२२ को एकवर्षे अवधिमा इन्सेकको अभिलेखमा २० वटा घटना समावेश थिए। जसमा आधा भन्दा बढी बलात्कारकै रहेका थिए।

इन्सेक जिल्ला प्रतिनिधि गुरुङका अनुसार उतिबेला अभिलेखीकरण भएका मध्ये ११ वटा बलात्कारका,२ वटा बाल यौन दुव्र्यवहारका,बलात्कार तथा मानव बेचबिखनसंग सम्वन्धित,स्वास्थ्यकर्मी माथि हातपात र कुटपिटसंग सम्बन्धित र जेष्ठ नागरिक कुटपिटसंग सम्बन्धित र

बहुविवाहसंग सम्बन्धित एक–एकवटा घटना भएका थिए। हत्यासंग सम्बन्धित ३ वटा घटनाको अभिलेख इन्सेकसंग रहेको छ।