धरान/ दोस्रो अन्तर्राराष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव  शुक्रबार देखी धरानमा सुरु भएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठान धरान–१३ को आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा दुई दिनसम्म सञ्चालन हुने महोत्सव धरान–१३ लक्ष्मी चोकस्थित धरान बैंकक्युटमा आजदेखी सुरु भएको हो ।

 महोत्सवको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले गरे ।IMG_20230701_095424

कार्यक्रममा सहभागीहरुको स्वागतमा नेवार एकता समाज, किरात राई यायोक्खा धरान–१३, चैनपुर साँस्कृतिक महिला समुहले आ–आफ्नो साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्र्दै धरान–१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेले भौतिक पूर्वाधारको विकास मात्र नभई वौद्धिक विकास हुनुपर्छ भनेर २०७४ सालमा आफु वडाध्यक्षमा निर्वाचित भएर आएपछि साहित्य कला प्रतिष्ठान गठन गरिएको बताए । 

उनले साहित्यक गतिविधिमा विगतको तुलनामा धेरै जनाको सहभागि बढेको भन्र्दै खुशी व्याक्त गरे । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईसहित चार जनालाई सम्मानित  गरियो । IMG_20230701_095452

भारतको आसाम साहित्यक समाजले मन्त्री राईसहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, प्रा.डा टंक प्रसाद न्यौपाने र कवि बम देवानलाई आसामको जातिय पहिरन ‘जापी र सेलेङ’ लगाइ दिएर सम्मान गरियो । सोही कार्यक्रममा कवि इन्दु योञ्जनको ‘अन्तिम सेलो’ कृतिको विमोचन समेत गरियो ।

कार्यक्रममा कवि तथा साहित्यकारहरुले विभिन्न विषयमा कार्यपत्र पस्तुत गर्ने, कविता गोष्टि, अन्तरक्रिया गरिने प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । 

औपचारिक कार्यक्रम अघि धरानको छाताचोकबाट कार्यक्रम स्थलसम्म विभिन्न जातीय साँस्कृतिक झाँकीसहित कवि, साहित्यकारहरुको टोलीले प्रभातफेरी निकालेको थियो । 

कार्यक्रममा नेपालका सातै वटा प्रदेशसहित, सिक्किम, दार्जिलिङ, आसामलगायतबाट कवि तथा साहित्यकार, कलाकर्मिहरुको सहभागीता रहेको प्रतिष्ठानका सचिब विष्णु चौलागाइले बताए ।