धरान /  र्‍याडीकल लाइट नेपाल धरानले सञ्चालन गरेको

 एसइई स्पिकर २०८० को उपाधि बराहक्षेत्र नगरपालिकाको बाल मन्दिर नडाहाकी एन्जिला कार्कीले जितेकी छिन् । 

प्रतियोगिताको  शनिबार भएको फाइनलमा विजेता बनेकी कार्कीले पुरस्कार स्वरूप नगद २० हजार रुपैयाँ साथै प्लस टु पढ्न पूर्ण छात्रवृत्ति प्राप्त गरिन। 

अन्तिम चरणको प्रतियोगितामा फष्ट रनरअपको उपाधि शारदा बालिका स्कुलकी अनुशा राईले हासिल गरिन् ।

उनले नगद १५ हजार रुपैयाँ, प्लस टु अध्ययनमा ७० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन्।

सेकेण्ड रनरअप सरस्वती मावि पानमारीकी स्नेहा निरौला भइन । उनले नगद १० हजार रुपैयाँ, प्लस टु अध्ययनमा ६० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकिछिन् ।

थर्ड रनरअप सान्त्वना पुरस्कार चन्द्र संस्कृत माविका सागर दाहालले प्राप्त गरे ।

उनले नगद ५ हजार रुपैयाँ, प्लस टुमा ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् । जेठ २० गते भएको सेमिफाइनलबाट उत्कृष्ट १० जना फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा बेस्ट परफरमेन्स जनता मावि नडाहाकी अनिता कार्की, बेस्ट टेयालेन्ट धरान आदर्श बोर्डिङ माविका सुदर्शन ढुङ्गेल, मस्ट सिन्सियर सरस्वती माविकी बिपना मग्राति घोषित भए ।

मस्ट पङ्चुअल जडेजा मावि कालाबन्जारकी मुना कटुवाल, मस्ट एक्टिभ सरस्वती माविका दिनेश खरेल, मस्ट डिसिप्लिन नबोदय विद्या मन्दिरकी सोप्रीया राई घोषित भए भने उनिहरुले प्रमाणपत्र र प्लस टुमा ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।

धरान–१३ वडा कार्यालयको सभाहलमा भएको अन्तिम प्रतिस्पर्धा तथा समापनमा प्रमुख अतिथि शिक्षा  मन्त्री अशोक  राईले प्रतियोगीहरूलाई  पुरस्कार प्रदान गरेका थिए । 

धरान –१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, वडा १४ का अध्यक्ष कृष्ण प्रसाद लगायतले शुभकामना दिएका थिए ।प्रतियोगिताको निर्णायकहरूमा महेन्द्र क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही, सहिद स्मृति माविका शिक्षक टङ्क प्रसाद भट्टराई थिए ।