धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा. प्रल्हाद कार्कीलाई सरकारले नियुक्त गरेको छ। 

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि रेक्टर प्रा,डा.संजीव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो।

आज प्रतिष्ठानका सहकुलपती समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी तोकेका हुन्

। कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ।

 मन्त्री बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको सचिवालयका एक कर्मचारीले बताए ।

उनका अनुसार जिम्मेवारी दिइए पनी  डा. कार्कीले पत्र भने बुझिसकेका छैनन् ।