धरान /  युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित  गायन प्रतियोगिता सिजन २ र स्कुल डान्स आइडल सिजन ७ को अडिसन राउन्डको समापन भएको छ । 

एकेडेमीले धरान ९ स्थित रत्न ईन होटलमा गायन तर्फको सेमिफाइनल राउन्ड र नृत्य तर्फको अडिसन राउन्ड सम्पन्न गरेको हो ।

गाायन तर्फको सेमिफाइनल राउन्डमा १ सय जनाबाट २१ जना विद्यार्थी छनौट गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

नृत्य तर्फ जुनियरमा ९२ बाट ३५ जना छनौट हुँदै फाइनल प्रवेश गरेका छन् भने सिनियर तर्फ ६० बाट २० जनालाइ सेमिफाइनलमा छनौट गरिएको छ ।

एकेडेमीले आयोजना गरेको धरान नगर स्तरिय गायन र नृत्य प्रतियोगितामा धरानका २५ वटा भन्दा बढी विद्यालय सहभागी भएको थियो ।

एकेडेमीले जुनियर तर्फ नृत्यलाइ  आगामी भदौ २९ गते बाल दिवसको अवसरमा फाइनल गर्ने र गायन साथै सिनियर तर्फको नृत्यको समापन असोजमा हुने बताएको छ ।

 गायन प्रतियोगितामा विजेता हुनेले  नगद २५ हजार , ट्रफी , सम्मान पत्र र निशुल्क म्युजिक गित गाउन पाउने , दोस्रो नगद १५ हजार ट्रफी , तेस्रो नगद १० हजार , ट्रफी र चौथोलाई नगद ५ हजार प्रदान गरिने छ ।

नृत्य जुनियर तर्फ विजेता क्रमशः २५ हजार , १५ हजार , १० हजार , ५ हजार साथै नट्राजको मुर्ति प्रदान गरिने छ ।

सिनियर तर्फ विजेतालाई क्रमशस् ५० हजार साथै सिल्भर क्राउन र एक म्युजिक भिडियो , २५ हजार , १० हजार ,५ हजार नट्राजको मुर्ति प्रमाण पत्र प्रदान गरिने छ ।