सुनसरी/  नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम संचालक समितिको सोमबार बसेको बैठकले सोमबार राती १२ बजे देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमको अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।