सुनसरी / एसईईको नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यहि हप्ता भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेकोपरीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए ।

नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको उनले बताए ।

उनले भमे,अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन हुँदैन ।

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन