बिराटनगर/   रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले 'शिक्षा सेवा' सम्मान गरेको छ ।

शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो ।

देशभरिका उत्कृष्ट कलेजलाई हरेक वर्ष फोकस नेपाल र नेपाल सरकारले शिक्षा सेवामा राम्रो काम बापत सम्मान गर्दै आएको छ ।

मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्व तथा देशकै एक अग्रणी शैक्षिक संस्था भएकोले पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका राज्य चन्द्र पोखरेलले जानकारी दिए ।

मेरिल्याण्ड कलेजका डाईरेक्टर तथा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सम्मानपत्र ग्रहण गरेका थिए । सम्मान पत्र पूर्वमन्त्री अर्जुन नरसिंह केसीले हस्तान्तरण गरेका थिए ।

 गतवर्ष कक्षा १२ को परिक्षामा नेपालमै सर्वाधिक ३दशमलव ९६ जीपीए ल्याई दिया अग्रवाल नेपाल प्रथम भएकी थिइन् ।

मेरिल्याण्ड कलेज विराटनगरको व्यवस्थापन मात्र पढाई हुने एक उत्कृष्ट शैशिक संस्था मानिदै आएको छ ।

कलेजमा अध्ययन गरेका विद्यार्थीहरु बिभिन्न बैंक, सरकारी कार्यालय, मिडिया, कर्पोरेट सेक्टरका साथै अधिकांस उद्यामी बनेर अन्यलाई समेत रोजगारी दिदै आएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

कलेजले बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै प्रदान नगरी अन्य बिभिन्न क्रियाकलापमा समेत सामेल गराउदै आएको ढकालले जानकारी दिए ।