धरान/   प्रदेश १ को सहयोग  र धरान उपमाहानगरपालिकाको समन्वयमा  संचालन भएको ७ दिने सुकुटि तालिम सोमबार समापन भएको छ । महिला र युवाहरुलाई लक्षीत गरि गरिएको तालिमा १५ जनाले तालिमा सहभागी जनाए थिए ।

धरानलाई व्यवसायी शहर बनाउने उदेश्य प्रदेशसभा सदस्य  माननीय यशोदा कायस्थले उक्त सिपमुलक सिर्जनशिल तालिम लागि प्रदेश बाट  ७ लाख बजेट धरान उपमहानगरपालिकामा विनियोजन गरि  धरानका विभिन्न वडामा ८ वटा तालिम गराउन सहयोग गरेको आयोजक नेवा देय दवु धरान नगर समितिले बताएको छ । 

महिला र युवाहरु रोजगारी लागि विदेश पलायन हुनु नपरो नेपालकै उत्पादन गरेर रोजगारी बनाउन सकु भने लक्ष्य लिएर प्रदेश सरकारले सिपमुलक तालिम बजेट  छुटाउन थालेको आयोजकले बताए । 

उक्त समापन कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अथिती माननीय यशोदा कायस्थले महिलाहरू उधमी र व्यवसायी बनाउन आफु निरन्तर लागि परेको र यस विषमा प्रदेश सरकारमा बारम्बार पहल गरिरको बताउदै उनले 

महिला हिंसा अन्त्य गर्ने महिलाहरु आर्थिक पाटोमा सबल हुनु जरुरी रहेको हरेक घरमा हुने दुर्ववहार हिंसा कम गर्ने अब हरेक घरका महिलाहरु सकक्ष र रोजारी बनु जरुरी रहेको बताईन । 

कायस्थले जब महिला आर्थिक पाटोमा सबल रहदैनो महिलाहरु माथि हिंसा बढदै जाने हुदा यस्ता सिपमुलम तालिम सिकेर महिलाहरुले घरमै बसेर व्यवसाय गर्ने सकिने भएकाले यस तालिम लिएका महिलाहरु सिर्जनशिल र उर्जाशिल बनु भएको छ भने महसुस गरेको बताईन ।

 त्यसैगरी धरान १५ नम्बर वडाकी वडा सदस्य तथा कार्यपालिका  सदस्य सिर्जना नेपाल ९ सुवेदी ०ले सबै भन्दा धेरै तालिम दिने नगरपालिकामा धरान नगर पर्छ तर पनि तालिम सिकेर यसको प्रभाकारी धरानमा नदेखिएको धरानमा कुनै मेला लाग्दा धरानको उत्पादन नदेखि 

धरानको पैसा भोजपुर ,धनकुटा, ईलाम , इटहरीका  व्यवसायीले स्टल राखेर उनिहरुको उत्पादन बेचिरहदा धरान भित्रका उत्पादन हामीले किन बेचन सकिरहेका छैनो प्रश्न गर्नु भयो  । 

उनले सिपमुलक तालिम सिकेर प्रमाणपत्र भितामा राखेर मात्रै नहुने हुदा तालिम सिकेपछि त्यसको उपयोग गर्ने सिक्ने र व्यवसायी बन्ने उदेश्य मात्रै तालिमा सहभागी हुन अनुरोध गरिन सरकारको बजेट हो भनेर यसलाई वेवास्था नगरौ बजेट ल्याउन र त्यसलाई  ब्यबहारिक रुपमा कार्यनयन गर्ने गार्‍हो हुन्छ ।

यस्ता तालिम गराउन सबैको समय खर्चिएको हुन्छ । तालिमा सहभागी भएर प्रमाणपत्र भितामा  टासेर बजेट सक्ने काम मात्रै नगरौ यसलाई व्यवारीरुपमा सदुपयोग गर्ने वानि बसालन समेत प्रशिक्षार्थीहरुलाई अनुरोध गरिन । आगमि दिनमा यस्ता   तालिम लिएका महिलाहरुले धरानको अधिकास मेलाहरुमा ५० वटा स्टल धरानको नै हुने आशा गरेको बताईन । 

आयोज धरान नेवा देय दबुका नगर अध्यक्ष मनोहर शाक्यले  सरकाले दिने बजेट समयमा नहुदा तालिम गराउने समयको अनुकुल नमिलदा हतारहतारमा कार्यक्रम हुदा सभागी प्रशिक्षार्थीलाई कदम शिलताको उदाहरणको रुपमा दिने सिकाई र सेवा  छोटो समय हुदा तालिम गराउने र सिक्नेलाई समेत अलिक अप्ठ्यारो भएकाले आगमि दिनमा यस्ता कार्यक्रम गराउदा समयको ख्याल गर्न सभासदलाई जानकारी दिए । 

सिद्ध नेवा परिसदहलमा समपन उक्त कार्यक्रमका अथिती धरान वडा नम्बर १२ की वडा सदस्य तथा कार्यपालिका सदस्य विनिता वर्जचार्य,नेवा दबु धरानका अध्यक्ष महेश श्रेष्ठ , शिला बर्जचार्य, मोहन श्रेष्ठ लगाय अन्य अथितीको समेत उपस्थिति रहेको थियो ।