धरान / विशेष गरी सहरका बीच बजारमा रहेका यस्ता बोट विरुवाले दुर्घटनाको जोखिम बढाउने गरेको छ ।

यसलाई मध्यनजर गरी धरान १ पुरानो अस्पताल अगाडि रहेको बर र पिपलको रुखका हाँगा छाट्ने काम गरिएको छ ।

धरानका बीचमा रहेका रुखका हाँगाहरु छाट्ने कामलाई तिब्रता दिइएको छ 

बोट विरुवा मानिसको जीवनसँग जोडिएको एक अंग हो भन्दा फरक पर्दैन ।

यसले मानिसमा अक्सिजन प्रदान गर्छ भने बोट विरुवाले मानिसबाट कार्वोनडाइअक्साड लिने गर्छ । एक अर्कामा परिपुरक भन्दा फरक पर्दैन ।

तर जहाँतही भएका यस्ता बोट विरुवाले दुर्घटना पनि निम्त्याउन सक्छ ।।

बीच बजारमा रहेका यस्ता रुखले विगतमा धेरै दुर्घटना निम्त्याएकोेले दुर्घटना न्यूनिकरण उद्देश्यले धरानको बीच बजारमा रहेका रुखका हाँगाहरु छाड्ने काम शुरु गरिएको ।

पहिलो चरणमा धरान १ छाताचौकमा रहेको पुरानो अस्पताल अगाडिको सडक छेक्न गरी पलाएका बरपिपल हाँगालाई छाट्न् काम गरिएको हो ।

धरान १ का समाजसेवी चन्द्रप्रसाद श्रेष्ठले रुख विरुवा मानिसको जीवनसँग गाँसिएको भएपनि यस्ता रुखहरु सुरक्षित ठाउँमा मात्र रोपिनुपर्ने बताउनुभयो ।

उहाँले रुखको संरक्षणसँगै जनतालाई सुरक्षित बनाउने कामलाई पनि स्थानीय सरकार तथा जनप्रतिनिधिहरुले ध्यान दिन आवश्यक रहेको बताए ।

धरानमा धरान ८ बगरगाछी, धरानको मुटु भानुचौक, धरान १ छाताचौक लगायतका धेरै स्थानमा सडककै छेउमा यस्ता वरपिपल रहेका छन् ।

विशेष गरी चैत्र वैसाख अथवा हावाहुरीको समयमा यस्ता बरपिपलका हाँगाबाट जोखिम बढ्ने गरेको छ ।

सडकमा हिड्ने यात्रु तथा सवारी साधनलाई जोखिम नहोस् भन्ने अभिप्रायले हाँगाहरु छाटिएको धरान १ का वडाध्यक्ष यज्ञमणि आचार्यले बताए ।

केही समय अगाडि छाताचौक पुरानो बजारमा रहेको रुख हाँगाले बसको छतमा बसेका एक जना व्यक्तिलाई हाँगाले लागेर गम्भीर घाइते भएका थिए ।

जोखिम न्यूनिकरणका लागि यस्ता रुखहरुको संरक्षण गर्दै जोखिम न्यूनिकरणको प्रयासलाई पनि साथै लगिएको वडाध्यक्ष आचार्यले बताए ।

सर्वसाधारणलाई सुरक्षित बनाउने अभियान अन्तर्गत पहिलो चरणमा धरान १ छाताचौक पुरानो अस्पताल अगाडि रहेको बर पिपलको हागा छाँटिएको वडा कार्यालयले जनाएको छ ।