सुनसरी/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्चमा दिएको रिट माथी आज सुनुवाइ हुने भएको छ ।

एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीको तर्फबाट रेवती रमण भण्डारीले गत शुक्रबार रिट दर्ता गराएका थिए ।

रिटमा नवनिर्वाचित मुख्यमन्त्री सहित प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ।