सुनसरी/  धरान-१२ स्थित मेघा हिमालयन कलेजले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि  शुक्रबार पहिलो चरणको प्रवेश परीक्षा लिएको छ।

२०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई)उत्तीर्ण गरेका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा ४५० भन्दा बढी विद्यार्थी सम्मिलित भएको कलेजका एकेडेमीक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए । 

361115861_838306850960124_3070591707044209619_n-(1)

गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिने भएकोले पछिल्ला वर्षहरूमा विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ मेघा हिमालयन नै हुने गरेको कलेजका प्रिन्सिपल भाष्कर पौड्यालको भनाइ छ ।

शुक्रबारको प्रवेश परीक्षामा पनि प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू सहभागी भएका थिए ।

मेघा कलेजमा प्योर साइन्सका साथै कम्प्युटर साइन्स तथा म्यानेजमेन्टअन्तर्गत होटल म्यानेजमेन्ट एवम् ट्राभल एन्ड टुरिजम, कानुन विषय पनि पठनपाठन हुने गरेको छ । 

विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै कलेजले स्वास्थ्यकर्मीसहितको उपचार कक्ष पनि निर्माण गरेको छ ।

यस उमेरमा विभिन्न शारीरिक र मानसिक समस्या देखिने भएको हुँदा उचित उपचार र परामर्शका लागि यस्तो व्यवस्था गरिएको अध्यक्ष कैलाश सुब्बाले जनाए ।