सुनसरी/  सप्तकोशी पुलमा बस र ट्रक ठोक्किँदा ट्रक कोशी नदीमा खसेको छ । 

पश्चिमबाट पूर्वतर्फ आइरहेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक र पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १७६५ नम्बरको यात्रुवाहक बस ब्यारेजको पुलको १० नम्बर ढोका अगाडिबाट आपसमा ठोक्किएको थियो ।

सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार नदीमा ट्रक झर्दा पुलको १० फिट पर्खालमा समेत क्षति पुगेको छ ।

बसका यात्रुहरू भने सकुशल छन् । नदीमा खसेको मालवाहक ट्रकमा रहेका तिनजनाको सकुशल उद्दार गरिएको छ भने सामान नदीमा बगेको तथा ट्रकलाई निकाल्ने प्रयास भइरहेको एसपी ढकालले जानकारी दिए ।