धरान / मोटरसाइकल र पिकअप भेन एक आपसमा जुद्धा तीन जनाको मृत्यु भएको छ ।

 सुनसरीको इटहरीमा पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ को पिकअपसँग एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चारजना चढेको मोटरसाइकल र भारतीय नम्बरको पिकअपसँग ठोक्किएर दुर्घटना हुदा तीनजनाको मृत्यु भएको हो भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा इटहरी– १६ का २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी र  २६ वर्षीय करण चौधरी रहेको प्रहरीले जनाएको छ । 

तीनै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारक क्रममा मृत्यु भएको हो ।

  प्रतिष्ठानका आकष्मिक कक्षमा अनुसार शम्भु र करणको राति साढे १२ बजे उपचारकै क्रममा निधन भएको भने अनिनासको बिहान ६ बजे मृत्यु भएको हो ।

 दुर्घटनामा गम्भीर घाइते भएका प्रेमलाल चौधरीको प्रतिष्ठानमै उपचार भइरहेको छ । 

पिक अप चालक भारत दार्जीलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ