काठमाडौं/  नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ। भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्रिक टनभन्दा केही बढी अलैंची निर्यात गरेको अभिलेख भन्सार विभागसँग छ।

आव २०७९/८० को निर्यात अघिल्लो वर्षको तुलनामा मूल्यका हिसाबले ७१ दशमलव ९५ र परिमाणका हिसाबले ८६ दशमलव १५ प्रतिशतले बढी हो।

आर्थिक वर्ष २०७८ / ८९ मा नेपालबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ मूल्यको ५ हजार ३६७ मेट्रिक टन अलैची निर्यात भएको देखिन्छ। अचम्मको सत्य चाहिँ नेपालबाट निकासी हुने अलैंचीको शतप्रतिशत जस्तो भारत जान्छ।

गत आर्थिक वर्षमा निकासी भएको अलैंचीको ९९ दशमलव ५५ प्रतिशत अंश भारत गएको देखिन्छ।

गतवर्ष भारतमा ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ मूल्यको ९ हजार ९४६ मेट्रिक टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। यो समाचार आर्थिक अभियान दैनिकमा छ