धरान /  बोलबममा यसपटक पानी चढाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन समेत पुगेको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पञ्कज घिमिरे बताउँछन् ।

लिंगदेन पानी चढाउन पुग्दा पिण्डेश्वर मन्दिर केही बेर भने भीडभाड रहेको उनको भनाई छ ।

लिंगदेन काठमाण्डौबाट विराटनगर हुदै धरान आउँदा  बजारमा रहेको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटभाट पछि उनी पिण्डेश्वर मन्दिरमा जल चढाउन पुगेका थिए । कार्यकर्ताका साथ पिण्डेश्वर मन्दिरमा पुग्दा केही क्षण भीडभाड भएको थियो ।

 एक महिना मलमास परेकाले धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा भक्तजनहरु अघिल्लो सोमबारको तुलनामा कम देखिएको छ ।

साउन ३१ गतेसम्म मलवास परेका कारण भक्तजन कम आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको ।

समितिका अध्यक्ष विकास वनेपालीले मलबासलाई पुरुषोत्तम महिना भनेर बुझिन्छ ।

पूजाआजा नै गर्न नहुने भन्ने नभए पनि समाचार तथा सामाजिक सञ्जालमा अनर्गल समाचार सम्प्रेषण भएकै कारण कम भक्तजन आएको अध्यक्ष वनेपालीको तर्क छ ।