सुनसरी/ पछिल्लो समय धरानको उत्कृष्ट कलेजको रुपमा स्थापित भएको कलेज हो धरान मेगा कलेज ।

प्ले ग्रुप देखि ब्याचलर सम्म पढाइ हुने धरान मेघा कलेजले पछिल्ला बर्षहरुमा नतिजामा पनि उत्कृष्ठता हासिल गर्दै आएको छ ।

गुणस्तरिय ल्याब,विषयगत अतिरिक्त कृयाकलाप,दक्ष शिक्षक तथा विद्यार्थीहरुको सृजनात्मक कार्यमा अब्बल रहेको धरान मेघा कलेजले नयाँ शैक्षिक सत्रका विद्यार्थीहरुका लागि शनिबार स्वागत सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

2-3

धरान १२ स्थित चतरा लाईनमा रहेको कलेजका दोस्रो बर्षका विध्यार्थीहरुले पहिलो बर्ष अध्ययन गर्न आएका नयाँ विध्यार्थीहरुलाई स्वागत गरेका हुन् ।

कलेजले हरेक बर्ष आउने नयाँ विधार्थीहरुलाई स्वागत तथा कलेजको अध्ययन सकेका पुराना विधार्थीहरुलाई परिचयात्मक कार्यक्रम गराउने उदेश्यले प्रत्येक बर्ष स्वागत तथा विदाई कार्यक्रम गर्ने गरेको कजेलका शिक्षक अर्जुन घिमिरेले बताएका छन ।

सो कार्यक्रममा उपस्थिति अथिती कलेजका संचालक दिपक घिमिरे ,कलेजका वोड मेम्बर नवराज दर्नाल ,बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राई ,

कजेलका शिक्षकहरु लगाएत अन्य अथितिहरुको समेत उपस्थित रहेको थियो ।

 उक्त कार्यक्रमको स्वागत मन्तव्य कलेजका संचालक दिपक घिमिरेले राखेका थिए भने कलेजका विधार्थीहरुले समेत सांगितीक कार्यक्रम गरि नृत्य प्रस्तुती गरेका थिए ।

सो कार्यक्रम कलेजका चेयरमेन कैलाश आङदाङबेको सभापतित्वमा सम्पन भएको थियो ।